
पर्यटकीय गन्तव्य ठमेलमा केही समय अघि सञ्चालनमा ल्याइएको छाँयादेवी कम्प्लेक्स अर्थात छाँया सेन्टरलाई अहिले गलत प्रचार गरेको भन्दै सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले लगानीकर्तालाई आतंकित पार्न खोजिएको बताएका छन । तीन दर्जन बढी स्वदेशी लगानीकर्ताको साढे ५ अर्ब रुपैयाँ भन्दा बढी लगानीमा सेन्टर निर्माण सम्पन्न भई गत डिसेम्बर २५ देखि औपचारिक रुपमा सञ्चालनमा आएको थियो ।
ठुलो लगानीमा सञ्चालनमा आएकै कारण छाँया सेन्टरलाई स्वार्थका साथ नकरात्मक प्रचारको केन्द्र बनाएको श्रेष्ठको दावी थियो । ‘ठमेल भित्रको ठमेलका रुपमा आएको ठुलो योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई तिब्र पारिएको छ,’ उनले भने, ‘पैसा तिरेर खरिद गरेको जग्गामा प्रोजेक्ट अघि बढाउँदा पनि हामीलाई नै किन तारो बनाइरहेको छ ।’
निजी क्षेत्रबाट बनेका ठुला पुर्वाधारहरु निर्माण सम्पन्न भए पछि गलत प्रचार गर्नेमा छाँया सेन्टरमात्रै नभई अन्य ठुला अनि फरक प्रकृतिका आयोजनाहरु समेत रहेको श्रेष्ठको दावी थियो ।
‘सरकारी निकायबाट पुरा गर्नु पर्ने सबै प्रकृया सकेर निर्माण गरिएको छाँया सेन्टरलाई एकाएक किन आक्रमण गरिँदैछ ? जग्गा किनेको ६ वर्ष पछि कम्प्लेक्स निर्माणको काम थाल्नु पहिले अहिले हल्ला गर्नेहरु किन मौन बसे ? हामीले २ वर्ष लगाएर वातावरणीय प्रभाव मुल्यांकन तथा सार्वजनिक सुनुवाई समेत गरेर साँधसँधियारसँग सम्झौता गरी निर्माण थालिएको आयोजनालाई अहिले धारे हात लगाइनु आश्चर्यको विषय बनेको श्रेष्ठले जानकारी दिएका छन ।’
काठमाण्डौं महानगरपालिकाले २०६९ असोज ११ गते छाँयादेवी कम्प्लेक्सको डिपिसीसम्मको नक्सा पास गरेको थियो । साथै कम्प्लेक्स निर्माणका लागि सार्वजनिक सुनुवाई भएकोमा कसैबाट पनि त्यस बेला विवाददास्पद विषय निकालेका थिएनन् । सोही वर्षको असोज ३१ गते महानगरपालिकाले कम्प्लेक्सलाई स्थायी नक्सापास गरिदिएको थियो ।
‘२०७५ कात्तिक ८ गते काठमाण्डौं महानगरपालिकाले छाँयादेवी कम्प्लेक्सलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र दियो, त्यस पछि अरु प्रोजेक्टमा दुख दिनेहरुजस्तै अहिले छाँया सेन्टरमा सलबलाई रहेका छन् । हैन भने स्वार्थमा बस्नेहरु छाँया सेन्टर सञ्चालनमा आउनु पहिले कहाँ थियो ।