काठमाण्डौं । हिन्दू समाजमा एउटा उखान छ ‘‘बाँदरले आफ्नो घर पनि बनाउदैन र अरुलाई पनि बनाउन दिदैन ।’’ यस्तै उखानसंग मेल खाने गरी काठमाण्डौंको पर्यटकीय क्षेत्र ठमेलमा निर्माण भएको छायाँदेवी कम्प्लेक्स अर्थात् छायाँ सेन्टरलाई केही व्यक्तिहरूले विवादमा पार्ने प्रयास भएको छ । हुन त काठमाण्डांैमा निर्माण हुने ठूला निजी लगानीका व्यवसायिक भवन, मल, सपिङ, कम्प्लेक्सलगायतका भौतिक संरचनाहरूमा विवाद झिकेर पैसा असुल्नेहरूको सक्रियता
सबैलाई थाहा भएकै विषय हो । यस्ता माफिया गिरोहहरू मध्ये कसैले लगानीकर्ताहरूलाई सीधै निशुल्क हिस्सेदारी माग्ने, कसैले कोठा र सटर माग्ने त कसैले नगद रकम नै माग्ने गरेका खबरहरू बाहिर आउने गरेका छन ।
यस्ता गिरोहहरूले सके धम्क्याएर रकम असुल्ने धम्क्याउन नसके झुठा र कपोकल्पित उजुरी हालेर सताउने गरेका घटनाहरू पनि बेला बेलामा सार्वजनिक हुने गरेका छन । यस्तै झुठा र कपोकल्पित आरोप लगाउदै एउटा गिरोहले ठमेलको छाँया कम्प्लेक्सका लगानीकर्ताहरूलाई सताउन थालेको खबर बाहिर आएको छ ।
‘कम्प्लेक्समा गएर विवाद गराउने केही गिरोह नै लागिपरेको बताउदै छाँया सेन्टरका प्रबन्धनिर्देशक महेश्वर श्रेष्ठ भन्छन् ‘‘ठूलो लगानीमा निर्माण भएका कम्प्लेक्स देख्नासाथ केही व्यक्तिहरू पैसाका लागि जालझेल गर्न सकिन्छ कि भनेर हिंड्ने गरेका छन् ।’’
स्वदेशी लगानीलाई निरुत्साहित गर्ने गरी धावा बोल्दै हिँडने गिरोहबाट जोगाउन प्रबन्धनिर्देशक श्रेष्ठले सरकारसँग आग्रह गरेका छन् ।
२०७५ कात्तिक ८ गते काठमाडौं महानगरपालिकाले छाँयादेवी कम्प्लेक्सलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र दिएको थियो । दुई बर्ष लगाएर निर्माण भएको छाँया सेन्टर औपचारिकरुपमा २०७५ पुस १० गते देखि सञ्चालनमा आएको हो । तीन दर्जन स्वदेशी लगानीकर्ताको करीब साढे पाँच अर्ब रुपैयाँ लगानीमा छायाँ कम्प्लेक्स निर्माण भएको बताइन्छ ।
काठमाडौं महानगरको वडा नं. २९ मा करिब १३ रोपनी जग्गामा निर्माण भएको पर्यटकीय व्यावसायिक गन्तव्यका रुपमा छायाँ कम्प्लेक्समा तारेस्तरको होटलसहित तीन मल्टिप्लेक्स थिएटर छन् । कम्प्लेक्समा विभिन्न सामग्रीका पसल, एयरलाइन्सका शाखा कार्यालय, ट्राभल एजेन्सी, ब्यांक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेस्टुरेन्ट, क्लबलगायतका सुविधा उपलब्ध छ । विभिन्न बैंकका कर्पोरेट शाखा कम्पनीका कर्पोरेट कार्यालय पनि कम्प्लेक्समा छन् । यस कम्प्लेक्सलाई ठमेल क्षेत्रमै सबैभन्दा ठूलो व्यवसायिक संरचना मानिन्छ ।
लगानीकर्ताहरूले जग्गा किनेको ६ बर्षसम्म कुनै व्यक्ति वा समूह कुनै पनि विषयमा दाबी बिरोध गर्न नआउनु निर्माण सम्पन्न भएर कम्प्लेक्स सञ्चालनमा आइसकेपछि अनेकौं लफडा ल्याएर बद्नाम गर्दै हिंड्नुलाई ठमेलका व्यवसायीहरूले अनौठो मानेका छन ।
कम्प्लेक्स निर्माण अघि २ वर्ष लगाएर वातावरणीय प्रभाव मूल्यांकन तथा सार्वजनिक सुनुवाइ गरेर छिमेकी तथा साँधसँधियारसँग कुनै दाबी बिरोध नरहेको सम्बन्धी सम्झौता समेत गरिएको थियो । सार्वजनिक महत्वका निजी तथा सरकारी संरचना निर्माण गर्दा यस्ता प्रक्रियाहरू पूरा गर्नुपर्ने कानूनी प्राब्धानहरू छन ।
कम्प्लेक्स निर्माण गर्दा केही स–साना कानूनी अड्चनहरू आउदा जिल्ला अदालत काठमाडौं र उच्च अदातलत पाटनबाट फैसला भएको कम्प्लेक्सका लगानीकर्ता तथा पर्यटन व्यवसायी सुमन पान्डे बताउँछन । त्यसबेला स्थानीय केही व्यक्तिहरूले कमलपोखरी मिचेर छाँयादेवी कम्प्लेक्स निर्माण गरिएको भनेर विरोध गरेका थिए र कम्प्लेक्स निर्माण भएको जग्गाका विषयमा २०३० सालदेखि काठमाण्डौ जिल्ला अदालत, तत्कालीन पुनरावेदन अदालत पाटन र सर्वोच्च अदालतबाट भएका विभिन्न फैसलाहरूले पनि केही मानिसहरूले फैलाएका हल्लाहरू असत्य भएको छाँया कम्प्लेक्स सञ्चालकहरूको भनाई छ । २०३० साल देखिका विभिन्न मुद्दामा भएका फैसलाका लिखित प्रमाणहरूले पनि सञ्चालकहरूको भनाईलाई पुष्टि गर्दछ ।
जग्गा किन्दादेखि कम्प्लेक्स निर्माण गर्दासम्मको प्रक्रियामा आफूहरूले सम्पूर्ण कानूनी प्रक्रियाहरू पूरा गरेर राज्यलाई करोडौँ राजस्व तिरेको बताउँदै प्रबन्धनिर्देशक श्रेष्ठले भने ‘‘ कुनै कैफियत नभएको शुद्ध लालपूर्जा हेरेर पैसा तिरेर कानून बमोजिम जग्गा किनी संरचना निर्माण गर्दा पनि विभिन्न प्रकारका विवादमा मुछ्ने प्रयास गरिएको’ भन्दै दुख व्यक्त गरे ।
कम्प्लेक्स बनेको जग्गामा पुरातात्विक सम्पदा रहेको भन्दै असूली र बार्गेनिङ् गर्दै हिंड्ने गिरोहले संसदीय समिति, पुरातत्व विभागलगायत सरकारी निकायहरूमा उजुरी समेत गरेका थिए । तर छाँया कम्प्लेक्सका सञ्चालकहरू २०३० साल यताको जग्गाको अभिलेख बोकेर बसेका छन् । उनीहरूले महानगर, मालपोतलगायतका सम्पूर्ण सरकारी निकायबाट कानूनी इजाजत लिएको देखिएको छ ।
काठमाडौँ महानगरपालिकाले २०६९ साल असोज ११ गते छायाँदेवी कम्प्लेक्सको डिपिसीसम्मको नक्सा पास गरेको थियो । सोही वर्ष असोज ३१ गते महानगरपालिकाले कम्प्लेक्सलाई स्थायी नक्सापास गरिदिएको थियो । २०७५ कात्तिक ८ गते कामनपाले छायाँदेवी कम्प्लेक्सलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र उपलब्ध गराएको थियो ।
छाँया सेन्टरको विषयमा इतिहासका पन्नाहरूलाई आधार बनाएर तत्कालीन कानूनी व्यवस्थाहरूलाई नै गलत सावित गराउन खोज्नु मिलापत्र पनि गर्ने पैसा पनि झार्ने गिरोहको दुष्प्रयास रहेको लगानीकर्ताहरूले बताएका छन
यस्तो छ जग्गाको इतिहास
काठमाडौं महानगरपालिका वडा नम्बर २९ मा रहेका कित्ता नम्बर १६१८ को ९ रोपनी १३ आना २ पैसा २ दाम, कित्ता नम्बर १०४० को ९ आना २ पैसा ३ दाम, कित्ता नम्बर १६१६ को २ रोपनी १० आना र कित्ता नम्बर १६१७ को ६ आना जग्गा जग्गा सिंह सार्थ गरुड भगवान बहाल गुठीबाट विभिन्न व्यक्ति हुँदै २०४४।१०।१० गते अम्बिका राणाको नाममा नामसारी रैतानी दर्ता भएको देखिन्छ ।
यसअघि २०३०।०१।२५ गते देखि २०३३।०९।०३ गतेसम्म जिल्ला, पुनरावेदन हुँदै सर्वोच्चमा पुगेको उक्त जग्गा सम्बन्धी एक मुद्दामा सर्वोच्च अदालतले मोही केशर शम्शेरले मोही भेग चलन गरी खान पाउने गरी भगवान गुठीसंग मिलापत्र गराएको विभिन्न प्रमाणित कागजातहरूले देखाएको छ ।
साविकको कित्ता नम्बर १६७ को २६ रोपनी ८ आना जग्गामध्ये माथि उल्लेखित जग्गाहरू अम्बिका राणाको नाममा मोही दर्ता भई भोगतिरो रहेको जग्गाका रुपमा छ । उक्त जग्गा केशर शम्शेरको नाममा मोही जनाइएको छ ।
१ नम्बर नापीको दर्ता नम्बर ९१२ ले मिति २०३९ जेठ २३ को गुठी तथा तहशिल कार्यालय भद्रकालीको पत्र संख्या ०३८–०३९ चलानी नम्बर २४३३, मिति २०३९ जेठ २१ को पत्र अनुसार कित्ता नम्बर १६७ को १२ रोपनी ११ आना २ पैसा ३ दाम र कित्ता नम्बर १०४० को ९ आना २ पैसा ३ दाम जग्गा दर्तावाला मोही केशर शमशेर रहेको देखाउँछ ।
कित्ता नम्बर १६७ को १२ रोपनी १३ आना २ पैसा २ दाम मध्येबाट रजिष्ट्रेशन नम्बर १३२३२ मार्फत मिति २०३९ असार १० मा ६ आना जग्गा सुधा पैडोल र रजिष्ट्रेशन नम्बर १३२३३ मार्फत सोही दिन २ रोपनी १० आना जग्गा विना पौडेललाई केशर शम्शेरले राजीनामा लिखतबाट कित्ताकाट गरी नामसारी गरिदिएको देखिन्छ ।
केशर शम्शेरको मृत्युपश्चात् उनको हकदाबी अम्बिका राणा भएकाले कित्ता नम्बर १६१८ को ९ रोपनी १३ आना २ पैसा २ दाम र कित्ता नम्बर १०४० को ९ आना २ पैसा ३ दाम जग्गा अम्बिका राणाको नाममा नामसारी गरिपाउँ भन्ने निवेदन परेको थियो ।
सो पश्चात् अम्बिकाको नाममा जग्गा नामसारी गर्न बाधा अड्चन भए सात दिनभित्र सूचना पठाउन भनी ठमेल सिंह सार्थ गरुड भगवान गुठीलाई गुठी लगत तथा तहशिल कार्यालयले पत्र पठाएको थियो ।
जवाफमा भगवान बहाल गुठीले २०४४ माघ १० गते अम्बिका राणाको नाममा जग्गा नामसारी हुँदा कुनै आपत्ति नपर्ने व्यहोरा उल्लेख गरेको थियो । सोही आधारमा २०४४ माघ २० गते उल्लेखित जग्गा अम्बिका राणाको नाममा नामसारी भएको दस्तावेजमा उल्लेख छ ।
गुठी संस्थान ऐन २०३३ को दफा ३६ ले तोकेको दस्तुर बुझाए पश्चात २०४७ माघ १८ का दिन गुठी लगत तथा तहशिल कार्यालयबाट रैतानी नम्बरी कायम भएको व्यहोरा दस्तावेजमा प्रष्ट छ ।
यो रैतानीको निर्णय भूलबस भएकाले रैतानी गर्न नमिल्ने भन्दै रकम लिन आउनु भनी २०४७ फागुन १४ गतेको गुठी तहशिल कार्यालयले पत्र पठाएकोमा उक्त पत्र बदर गरी पाउँ भनी परेको मुद्दालाई काठमाडौं जिल्ला अदालतले बदर गरे पश्चात् पुनरावेदन अदालत पाटनले २०५३ साल जेठ २५ गते सदर गरी अन्तिम फैसला गरेको थियो ।
यसरी रैतानीको निर्णय कायम रहँदै गर्दा परेका मुद्दाको सवालमा २०६२ असार १६ गते काठमाण्डौं जिल्ला अदालतमा भएको मिलापत्र अनुसार भगवान बहाल गुठीले अम्बिका राणासँग एक करोड ५० लाख रुपैंयाँ नगद र ४ आना जग्गा लिएर मिलापत्र गरेको थियो । त्यसपछि २०७० बैशाख २० मा काठमाडौं जिल्ला अदालतबाट रोक्का राख्न नमिल्ने भनी विपक्षको नाममा आदेश भएको थियो ।
फेरि सर्वोच्च पुगेका उनीहरूलाई सर्वोच्चले २०७३ असार २० मा रोक्का राख्न नमिल्ने भन्ने नै आदेश गरेको थियो । फेरि पनि सर्वोच्चमा सोही विषयलाई लिएर पुगेकाहरूलाई सर्वोच्चले २०७१ कात्तिक २ गतेका दिन रोक्का राख्न नमिल्ने भनी विपक्षका नाममा नै आदेश दिएको थियो ।
२०७१ मंसिर २५ गते काठमाडौं जिल्ला अदालतले छाँयादेवी कम्प्लेक्सको पक्षमा अन्तिम फैसला गरेको थियो । त्यसपश्चात् पुनरावदेन अदालत पाटनले पनि २०७२ फागुन १० गते छाँयादेवी कम्प्लेक्सको पक्षमा नै फैसला गरेको थियो ।
‘अदालतले पटक–पटक तार्किक निष्कर्षमा पु¥याएको विषयलाई बखेडा बनाएर किन प्रचार गरिँदैछ भन्ने लगानीकर्ता त आश्चर्यमा छन नै यस विषयले ठमेलका व्यवसायी पनि आश्चर्यमा परेको बताउछन् । (साँघु साप्ताहिक, फागुन १३)
अर्थ डबली
बुधबार, फाल्गुन ८, २०७५
काठमाडौँ/ पर्यटकीय क्षेत्र ठमेलमा करिब ५ अर्व रुपैयाँको लगानीमा भव्य बनेको छाया सेन्टर स्थानीयवासीको विरोधपछि पेचिलो बन्दै विवादमा तानिएको छ ।
१५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त भव्य भवन अत्याधुनिक सुविधा सम्पन्न कम्प्लेक्स हो । करीब ३० व्यवसायीको पाँच अर्ब रुपैंयाँभन्दा बढी लगानी रहेको सो भवनलाई स्थानीयवासीले आक्रमणको निशाना बनाएको सेन्टरका सञ्चालकको आरोप छ ।
ठमेलभित्रको ठूलो परियोजना सरकारी निकायले पूरा गर्नुपर्ने भन्दै सबै प्रक्रिया सकेर निर्माण गरिएको छाया सेन्टरलाई स्थानीयवासीले अनर्गल प्रचार गरी आक्रमणको निशाना बनाएको सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले बताए ।
पर्यटकीय व्यावसायिक गन्तव्यका रुपमा छाया सेन्टर सञ्चालनमा ल्याइएको सो कम्प्लेक्समा तारे स्तरको होटलसहित तीन मल्टिप्लेक्स थिएटर छन् । उक्त सेन्टरमा विभिन्न सामग्रीका पसल, एयरलाइन्सका शाखा कार्यालय, ट्राभल एजेन्सी, ब्याङ्क्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेस्टुरेन्ट, क्लब लगायतका सुविधा उपलब्ध छ । विभिन्न बैंकका कर्पोरेट शाखा कम्पनीका कर्पोरेट कार्यालय छाया सेन्टरमा खुल्न थालेका छन् ।
सरकारले वैदेशिक लगानी भित्र्याउन आगामी चैत १५ र १६ गते काठमाडौँमा नेपाल लगानी सम्मेलन गर्ने तयारी गरिरहेको सन्दर्भमा यस्ता व्यावसायिक लगानीलाई निरुत्साहित गरिनु गम्भीर विषय भएको व्यवसायीको भनाइ छ । “ठमेलभित्रको ठमेलका रुपमा आएको योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचार गरिएको छ । पैसा तिरी जग्गा किनेर पनि योजना अघि बढाउन नदिने षडयन्त्र हुँदैछ”, श्रेष्ठले आफ्नो तर्क राखेका छन् । काठमाडौँ महानगरपालिकाले २०६९ साल असोज ११ गते छायादेवी कम्प्लेक्सको डिपिसीसम्मको नक्सा पास गरेको थियो । सोही वर्ष असोज ३१ गते महानगरपालिकाले कम्प्लेक्सलाई स्थायी नक्सापास गरिदिएको थियो । गत कात्तिक ८ गते कामनपाले छायादेवी कम्प्लेक्सलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र उपलब्ध गराएको थियो ।
ठमेलमा सपिङ कम्प्लेक्स ‘छाया सेन्टर’ औपचारिक रूपमा नेकपाका युवा नेता योगेश भट्टराईले उद्घाटन गरेका हुन् । नेपाल इन्भेष्टेमन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको नेतृत्वमा बैंकिङ, निर्माण, जलविद्युत्, व्यापार, उद्योग, पर्यटनलगायत विभिन्न क्षेत्रका व्यवसायीको सहभागितामा छाया सेन्टर सञ्चालनमा
आएको हो ।
कम्प्लेक्सको नाम सेन्टरका समेत अध्यक्ष रहेका पृथ्वीबहादुर पाँडेकी आमाको नामबाट राखिएको हो । ‘ठमेलभित्रको ठमेल’ का रूपमा कम्पनीले प्रवर्द्धन गरेको छायाँ सेन्टर नेपालकै अत्याधुनिक र सुविधा सम्पन्न कम्प्लेक्स भएको छायाँ अध्यक्ष पाँडेकोे दाबी छ ।
३ सय ६० कार र ४ सय मोटरसाइकल पार्किङ क्षमताको सेन्टरमा ५ तारे होटल अलप्mट पनि रहेको छ ।
१५ रोपनी क्षेत्रफलमा फैलिएको कम्प्लेक्सको निर्माण सन् २०१३ देखि शुरू गरिएको थियो । कम्प्लेक्स बन्न ५ वर्ष समय लागेको लगानीकर्ताको भनाई छ ।

काठमाडौँ । काठमाडौँको ठमेलमा संचालित छायाँ सेन्टरले आफुहरुमाथि नियोजित रुपमा आक्रमण गरिएको बताएको छ ।
राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी छाँया सेन्टरले राज्यले निर्दिष्ट गरेको नियमको अधिनमा रहेर गरिएको अर्बौं रुपैंयाको लगानीमा नियोजित रुपमा आक्रमण थालिएको बताएको हो ।
पर्यटकीय गन्तव्य ठमेलमा केही समय अघि सञ्चालनमा ल्याइएको छाँयादेवी कम्प्लेक्स अर्थात छाँयाँ सेन्टरलाई अहिले गलत प्रचारको शिकार बनाउन खोजिँएको सेन्टरले बतायो । तीन दर्जन बढी स्वदेशी लगानीकर्ताको साढे पाँच अर्ब बढी लगानीमा सेन्टर निर्माण सम्पन्न भई गत डिसेम्बर २५ देखि औपचारिक रुपमा सञ्चालनमा आएको थियो ।
पत्रकार सम्मेलनमा ठुलो लगानीमा सञ्चालनमा आएकै कारण छाँयाँ सेन्टरलाई स्वार्थका साथ नकरात्मक प्रचारको उत्कर्षमा पुर्याउन खोजिएको छाँयाँ सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठ बताए ।
‘ठमेल भित्रको ठमेलका रुपमा आएको ठुलो योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई तिब्र पारिएको छ । पैसा तिरेर जग्गा किनेर प्रोजेक्ट अघि बढाउँदा हामीलाई किन तारो बनाइदैछ भन्ने कुरा यस अघिका केही आयोजनामा भएको घटनाक्रमले पुष्टि गर्छ ।’ श्रेष्ठ भन्छन् ।
निजी क्षेत्रबाट बनेका ठुला पुर्वाधारहरु निर्माण सम्पन्न भए पछि बखेडा उत्पन्न गरी गलत प्रचार गराइने गरेको पहिलो घटना छाँया सेन्टरको मात्र हैन । यस अघि पनि ठुला अनि फरक प्रकृतिका आयोजनाहरुलाई केन्द्रमा राखेर गलत प्रचार गराइएका धेरै घटनाहरु छन् । यस्तो प्रचारको श्रृंखला एउटा विन्दुमा पुगे पछि सामसुम हुने गरेको छ । यसले आयोजना निर्माण पश्चात स्वार्थका साथ सिमित समुहले लगानीकर्तालाई आतंकित पार्न खाजिएको तथ्यलाई चरितार्थ गर्छ ।
अहिले छाँया सेन्टरको विषयमा इतिहासका पन्नाहरुलाई आधार बनाएर तत्कालिन कानुनी व्यवस्थाहरुलाई नै गलत सावित गराउन खेजिनु दुखद भएको छाँया सेन्टरका प्रबन्ध निर्देशक श्रेष्ठको भनाई छ ।
‘सरकारी निकायबाट पुरा गर्नु पर्ने सबै प्रकृया सकेर निर्माण गरिएको छाँया सेन्टरलाई एकाएक किन आक्रमण गरिँदैछ ? जग्गा किनेको ६ वर्ष पछि कम्प्लेक्स निर्माणको काम थाल्नु पहिले अहिले हल्ला गर्नेहरु किन मौन बसे ? हामीले २ वर्ष लगाएर वातावरणीय प्रभाव मुल्यांकन तथा सार्वजनिक सुनुवाई गरेर छिमेकी तथा साँधसँधियारसँग सम्झौता गरी निर्माण थालिएको आयोजनालाई अहिले धारे हात लगाइनु आश्चर्यको विषय बनेको छ ।’ पत्रकार सम्मेलनमा श्रेष्ठले भने । ‘पहिले सिधै चन्दाको विषय आउँथ्यो अहिले गलत प्रचारबाट स्वार्थ पुरा गराउने समुहहरु हाबी भएको कुरामा दुई मत छैन । समयले त्यस्ता व्यक्तिलाई आफैं परिचित गराउनेमा हामी विश्वस्त छौं ।’
‘यसरी नियोजित रुपमा केही व्यक्तिले अघि सारेको स्वार्थको विषयलाई सबै पक्षले किन महत्वका साथ समर्थन गरिरहेका छन् भन्ने कुराले हाम्रो ध्यानाकर्षण भएको छ । कानुन अनुसार निर्माण सम्पन्न भईसकेको र राज्यलाई करोडौं रुपैंया राजश्व तिरेका हामीले पैसा तिरेर जग्गा किनेका हौं । इतिहासका पाना पल्टाउनेहरुलाई हामी प्रश्न गछौं कि हाम्रो गल्ती कहा भयो ?’ श्रेष्ठले भने ।
छाँया सेन्टरको दाबी :
काठमाण्डौं महानगरपालिका वडा नम्बर २९ मा रहेका कित्ता नम्बर १६१८ को ९ रोपनी १३ आना २ पैसा २ दाम, कित्ता नम्बर १०४० को ९ आना २ पैसा ३ दाम, कित्ता नम्बर १६१६ को २ रोपनी १० आना र कित्ता नम्बर १६१७ को ६ आना जग्गा जग्गा सिंह सार्थ गरुड भगवान बहाल गुठीबाट विभिन्न व्यक्ति हुँदै अम्बिका राणाको नाममा नामसारी रैतानी दर्ता भएको देखिन्छ ।
साविकको कित्ता नम्बर १६७ को २६ रोपनी ८ आना जग्गा मध्ये माथि उल्लेखित जग्गाहरु अम्बिका राणको नाममा मोही दर्ता भै भोग तिरो रहेको जग्गाका रुपमा छ । उक्त जग्गा केशर शमशेरको नाममा मोही जनाइएको छ ।
मोही केशर शमशेरले उल्लेखित जग्गामा पर्खाल लगाएर आफ्नो परिसर भित्र पारेका थिए । यो विषयलाई गुठीको जग्गा खिचोला गरेको भनी काठमाण्डौं जिल्ला अदालतमा फिराद परे पछि २०३० बैशाख २५ गते काठमाण्डौं जिल्ला अदालतले उक्त फिराद खारेज गर्ने फैसला गरेको थियो ।
जिल्ला अदालतको फिराद खारेजीको उक्त फैसलामा पुनरावेदन परे पछि २०३१ असोज २५ गते काठमाण्डौं जिल्ला अदालतले पहिलेकै फैसलालाई सदर गर्दै पुनरावेदनको अनुमति पाएर सर्वोच्च अदालतमा २०३३ पुस ३ गते केयुर शमशेर मोही भई भोगचलन गरी खान पाउने गरी भगवान गुठीका तर्फबाट सबै दाबी छाडेर मिलापत्र भएको तथ्यले देखाउँछ ।
१ नम्बर नापीको दर्ता नम्बर ९१२ ले मिति २०३९ जेठ २३ को गुठी तथा तहशिल कार्यालय भद्रकालीको पत्र संख्या ०३८–०३९ चलानी नम्बर २४३३, मिति २०३९ जेठ २१ को पत्र अनुसार कित्ता नम्बर १६७ को १२ रोपनी ११ आना २ पैसा ३ दाम र कित्ता नम्बर १०४० को ९ आना २ पैसा ३ दाम जग्गा दर्तावाला मोही केयुर शमशेर रहेको देखाउँछ ।
कित्ता नम्बर १६७ को १२ रोपनी १३ आना २ पैसा २ दाम मध्येबाट रजिष्ट्रेशन नम्बर १३२३२ मार्फत मिति २०३९ असार १० मा ६ आना जग्गा सुधा पैडोल र रजिष्ट्रेशन नम्बर १३२३३ मार्फत सोही दिन २ रोपनी १० आना जग्गा विना पौडेललाई केयुर शमशेरले राजिनामा लिखतबाट कित्ता काट गरि नामसारी गरिदिएको देखिन्छ ।
केयुर शमशेरको मृत्यू पश्चात उनको हकदाबी अम्बिका राणा भएकाले कित्ता नम्बर १६१८ को ९ रोपनी १३ आना २ पैसा २ दाम र कित्ता नम्बर १०४० को ९ आना २ पैसा ३ दाम जग्गा अम्बिका राणाको नाममा नामसारी गरिपाउँ भन्ने निवेदन परेको थियो । सो पश्चात अम्बिकाको नाममा जग्गा नामसारी गर्न बाधा अड्चन भए सात दिन भित्र सुचना पठाउन भनी ठमेल सिंह सार्थ गरुड भगवान गुठीलाई गुठी लगत तथा तहशिल कार्यालयले पत्र पठाएको थियो ।
जवाफमा भगवान बहाल गुठीले २०४४ माघ १० गते अम्बिका राणाको नाममा जग्गा नामसारी हुँदा कुनै आपत्ति नपर्ने व्यहोरा उल्लेख गरेको थियो । सोही आधारमा २०४४ माघ २० गते उल्लेखित जग्गा अम्बिका राणको नाममा नामसारी भएकोे दस्तावेजमा उल्लेख छ ।
गुठी संस्थान ऐन २०३३ को दफा ३६ ले तोकेको दस्तुर बुझाए पश्चात २०४७ माघ १८ का दिन गुठी लगत तथा तहशिल कार्यालयबाट रैतानी नम्बरी कायम भएको व्यहोरा दस्तावेजमा प्रष्ट छ ।
यो रैतानीको निर्णय भुलबस भएकाले रैतानी गर्न नमिल्ने भन्दै रकम लिन आउनु भनी २०४७ फागुन १४ गतेको गुठी तहशिल कार्यालयले पत्र पठाएकोमा उक्त पत्र बदर गरी पाउँ भनी परेको मुद्धालाई काठमाण्डौं जिल्ला अदालतले राणाको मागलाई सदर गर्यो । त्यस पछि गुठी संस्थानको पुनरावेदनलाई समेत पुनरावेदन अदालत पाटनले २०५३ साल जेठ २५ गते सदर गरी राणाको पक्षमा अन्तिम फैसला गरेको थियो ।
यसरी रैतानीको निर्णय कायम रहँदै गर्दा परेका मुद्धाको सवालमा २०६२ असार १६ गते काठमाण्डौं जिल्ला अदालतमा भएको मिलापत्र अनुसार भगवान बहाल गुठीले अम्बिका राणासँग एक करोड ५० लाख रुपैंया नगद र ४ आना जग्गा लिएर मिलापत्र गरेको थियो ।
त्यस पछि २०७० बैशाख २० मा काठमाण्डौं जिल्ला अदालतबाट रोक्का राख्न नमिल्ने भनी विपक्षको नाममा आदेश भएको थियो । फेरी सर्वोच्च पुगेका उनीहरुलाई सर्वोच्चले २०७३ असार २० मा रोक्का राख्न नमिल्ने भन्ने नै आदेश गरेको थियो । फेरी पनि सर्वोच्चमा सोही विषयलाई लिएर पुगेकाहरुलाई सर्वोच्चले २०७१ कात्तिक २ गतेका दिन रोक्का राख्न नमिल्ने भनी विपक्षका नाममा नै आदेश दिएको थियो ।
२०७१ मंसिर २५ गते काठमाण्डौं जिल्ला अदालतले छाँयादेवी कम्प्लेक्सको पक्षमा अन्तिम फैसला गरेको थियो । त्यस पश्चात पछि पुनरावदेन अदालत पाटनले पनि २०७२ फागुन १० गते छाँयादेवी कम्प्लेक्सको पक्षमा नै फैसला गरेको थियो ।
‘अदालतले पटक पटक तार्किक निष्कर्षमा पुर्याएको विषयलाई बखेडा बनाएर किन प्रचार गरिँदैछ भन्नेमा हामी आफैं आश्चर्यमा छौं । लगानीका हिसावले हेर्दा यस्तो गलत अभ्यास देशका लागि नै शुभ छैन ।’ छाँयाँ सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठ भन्छन् ।
काठमाण्डौं महानगरपालिकाले २०६९ असोज ११ गते छाँयादेवी कम्प्लेक्सको डिपिसीसम्मको नक्सा पास गरेको थियो । साथै कम्प्लेक्स निर्माणका लागि सार्वजनिक सुनुवाई भएकोमा कसैबाट पनि त्यस बेला विवाददास्पद विषय निकालेका थिएनन् । सोही वर्षको असोज ३१ गते महानगरपालिकाले कम्प्लेक्सलाई स्थायी नक्सापास गरिदिएको थियो ।
‘जब २०७५ कात्तिक ८ गते काठमाण्डौं महानगरपालिकाले छाँयादेवी कम्प्लेक्सलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र दियो, त्यस पछि अरु प्रोजेक्टमा दुख दिनेहरुजस्तै अहिले छाँया सेन्टरमा सलबलाई रहेका छन् । हैन भने स्वार्थमा बस्नेहरु छाँया सेन्टर सञ्चालनमा आउनु पहिले कहाँ निदाएका थिए ?’ श्रेष्ठले प्रश्न गरे ।
Content Online Link: https://www.kharibot.com/news-details/29083/2019-02-19
काठमाडौं, ८ फागुन । पर्यटकीय क्षेत्र ठमेलमा हालै सञ्चालनमा आएको ‘छाया सेन्टर’ स्थानीयवासीको विरोधपछि विवादमा तानिएको छ । 
करीब ३० व्यवसायीको रु पाँच अर्बभन्दा बढी लगानी रहेको सो भवनलाई स्थानीयवासीले आक्रमणको निशाना बनाएको सेन्टरका सञ्चालकको आरोप छ । ठमेलभित्रको ठूलो परियोजना सरकारी निकायले पूरा गर्नुपर्ने भन्दै सबै प्रक्रिया सकेर निर्माण गरिएको छाया सेन्टरलाई स्थानीयवासीले अनर्गल प्रचार गरी आक्रमणको निशाना बनाएको सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले बताए ।
पर्यटकीय व्यावसायिक गन्तव्यका रुपमा छाया सेन्टर सञ्चालनमा ल्याइएको सो कम्प्लेक्समा तारे स्तरको होटलसहित तीन मल्टिप्लेक्स थिएटर छन् । उक्त सेन्टरमा विभिन्न सामग्रीका पसल, एयरलाइन्सका शाखा कार्यालय, ट्राभल एजेन्सी, ब्याङ्क्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेस्टुरेन्ट, क्लब लगायतका सुविधा उपलब्ध छ । विभिन्न बैंकका कर्पोरेट शाखा कम्पनीका कर्पोरेट कार्यालय छायाँ सेन्टरमा खुल्न थालेका छन् ।
सरकारले वैदेशिक लगानी भित्र्याउन आगामी चैत १५ र १६ गते काठमाडौँमा नेपाल लगानी सम्मेलन गर्ने तयारी गरिरहेको सन्दर्भमा यस्ता व्यावसायिक लगानीलाई निरुत्साहित गरिनु गम्भीर विषय भएको व्यवसायीको भनाइ छ । ‘ठमेलभित्रको ठमेलका रुपमा आएको योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई गरिएको छ ।
पैसा तिरी जग्गा किनेर पनि योजना अघि बढाउन नदिने षडयन्त्र हुँदैछ’, श्रेष्ठले भने । काठमाडौँ महानगरपालिकाले २०६९ साल असोज ११ गते छायाँदेवी कम्प्लेक्सको डिपिसीसम्मको नक्सा पास गरेको थियो ।
सोही वर्ष असोज ३१ गते महानगरपालिकाले कम्प्लेक्सलाई स्थायी नक्सापास गरिदिएको थियो । गत कात्तिक ८ गते कामनपाले छायाँदेवी कम्प्लेक्सलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र उपलब्ध गराएको थियो ।

काठमाडौंको ठमेलमा तारे होटल बनाउँदै गरेको छाया सेन्टरले लगानीको सुरक्षा नभएको भन्दै चिन्ता ब्यक्त गरेको छ । आफूले बनाउन लागेको होटलमा विभिन्न बहानामा असुरक्षा उत्पन्न गर्ने प्रयास भएको भन्दै सेन्टरले यस्तो चिन्ता ब्यक्त गरेको हो ।
सेन्टरले पत्रकार सम्मेलन गरेर आफ्नो लगानीको सुरक्षा नभएको गुनासो गरेको हो । सेन्टरले स्वदेशी लगानीकै सुरक्षा नभइरहेको अबस्थामा विदेशी लगानी ल्याउन झन् कठिन हुने पनि बताएको छ । सरकारले आगामी चैतको १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलन गर्ने तयारी गरिरहेको छ ।
‘स्वदेशी लगानीमा बनेका पूर्वाधार तथा आयोजनामा केही ब्यक्तिको स्वार्थकले आक्रमणको प्रयास हुन थालेपछि स्वदेशी लगानीकर्ता लगानी गर्न असुरक्षित भएकोमा चिन्तित हुनु स्वभाविक नै हो, यस्तो अबस्थामा निजी लगानीको सुरक्षाको प्रत्याभूत नभएसम्म विदेशी लगानी भित्र्याउन कठिन हुन्छ,’ सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले भने ।
राज्यले निर्दिष्ट गरेको नियमको अधिनमा रहेर गरिएको अर्बौं रुपैयाँको लगानीमा नियाजित रुपमा आक्रमण थालिएको प्रबन्ध निर्देशक श्रेष्ठको भनाइ छ ।
छाया सेन्टर गत २५ डिसेम्बरदेखि संचालनमा आएको छ । सो आयोजनामा ३ दर्जनभन्दा बढी स्वदेशी लगानीकर्ताको लगानी रहेको बताइएको छ ।
छाया सेन्टर बनेको स्थानमा पहिला सार्बजनिक जग्गा रहेको भन्दै अहिले विवाद उत्पन्न भएको छ । सेन्टरले यसै विषयमा आफ्नो असन्तुष्टी जनाएको हो ।
‘सरकारी निकायबाट पूरा गर्नुपर्ने सबै प्रक्रिया सकेर निर्माण गरिएको छाया सेन्टरलाई एकाएक किन आक्रमण गरिदैछ ? जग्गा किनेको ६ बर्षपछि कम्प्लेक्स निर्माणको काम थालिएको थियो, अहिले हल्ला गरिएका विषय निर्माण थाल्नुभन्दा अगाडि किन आएनन् ?’ प्रबन्ध निर्देशक श्रेष्ठले प्रश्न गरे ।
सेन्टरले २ बर्ष लगाएर वातावरणीय प्रभाव मूल्यांकन तथा सार्बजनिक सुनुवाई गरिएको र छिमेकी तथा साँधसधियारसँग सम्झौता गरी निर्माण थालिएको आयोजनालाई अहिले आएर धारे हात लगाउनु आश्चर्यको विषय भएको पनि सेन्टरको भनाइ छ ।
‘पहिला सिधै चन्दाको विषय आउँथ्यो, अहिले गलत प्रचारबाट स्वार्थ पूरा गराउने समुहहरु हाबी भएको कुरामा कुनै दुईमत छैन, समयले त्यस्ता ब्यक्तिलाई आफै परिचित गराउनेमा हामी विश्वस्त छौं,’ प्रबन्ध निर्देशक श्रेष्ठले भने ।
नियोजित रुपमा गरिएको आक्रमणलाई सबै पक्षले समर्थन गरेको सेन्टरको आरोप छ ।
सेन्टरले काठमाडौं महानगरको वडा नम्बर २९ मा पर्ने ठमेलमा कित्ता नम्बर १६१८ को ९ रोपनी १३ आना, कित्ता नम्बर १०४० को ९ आना २ पैसा, कित्ता नम्बर १६१६ को २ रोपनी १० आना र कित्ता नम्बर १६१७ को ६ आना जग्गामा कम्प्लेक्स बनाएको छ ।
सो जग्गा पहिला सिंह सार्थ गरुड भगवान बहाल गुठीको नाममा रहेको र पछि विभिन्न ब्यक्तिको नाममा हुदै अम्बिका राणाको नाममा रैतानी कायम भएको बताइएको छ । आयोजना विरुद्ध आन्दोलित पक्षले सो जग्गा गैरकानुनी रुपमा रैतानी कायम गरिएको आरोप लगाएको छ । सेन्टरले भने कानुन अनुसार नै आफूले सबै प्रक्रिया पूरा जग्गा खरिद गरी आयोजना निर्माण गरेको दाबी गरेको छ ।
साविकको कित्ता नम्बर १६७ को २६ रोपनी ८ आना जग्गामध्ये सो ४ कित्ता जग्गा अम्बिका राणाको नाममा मोही दर्ता भएर भोग तिरो रहेको सेन्टरको दाबी छ । उक्त जग्गा केशर शमशेरको नाममा मोही जनाइएको छ ।

ठमेलमा केही समयअघि सञ्चालनमा आएको छाँया सेन्टर बिबादमा तानिएको छ ।
साढे पाँच अर्ब भन्दा बढी लगानीमा निर्माण भएको सेन्टरका विषयमा स्थानीयले बिरोध गर्न थालेपछि विवादमा तानिएको हो।
गएको पुस १० गते देखि सञ्चालनमा आएको यो सेन्टरमा करिब ३० जना नेपालीको लगानी रहेको छ। छायाँ सेन्टरलाई केही स्थानीयले आक्रमणको निशाना बनाएर बिरोध गर्न थाले पछि संचालकले मंगलबार पत्रकार सम्मेलन गरि धारणा स्पष्ट परेको छ।
ठमेल भित्रको ठमेलका रूपमा आएको ठूलो योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई तिब्र बनाउँदै आक्रमण गरिरहेको सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले बताए।
सरकारी निकायबाट पुरा गर्नुपर्ने सबै प्रकृया सकेर निर्माण गरिएको छाँया सेन्टरलाई एकाएक किन आक्रमण गरिँदैछ आफूहरुले बुझ्न नसकेको पनि श्रेष्ठले बताए।
पर्यटकीय व्यवसायीक गन्तव्यका रुपमा छायाँ सेन्टर सञ्चालनमा ल्याइएको ब्यबस्थापन समूहले बताउदै आएको छ।
‘ठमेल भित्रको ठमेलका रुपमा आएको ठुलो योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई तिब्र पारिएको छ । पैसा तिरेर जग्गा किनेर प्रोजेक्ट अघि बढाउँदा हामीलाई किन तारो बनाइदैछ भन्ने कुरा यस अघिका केही आयोजनामा भएको घटनाक्रमले पुष्टि गर्छ, पत्रकार सम्मेलनमा’ श्रेष्ठले भने।