fbpx
Image

Blog

Pin It

काठमाण्डौं । हिन्दू समाजमा एउटा उखान छ ‘‘बाँदरले आफ्नो घर पनि बनाउदैन र अरुलाई पनि बनाउन दिदैन ।’’ यस्तै उखानसंग मेल खाने गरी काठमाण्डौंको पर्यटकीय क्षेत्र ठमेलमा निर्माण भएको छायाँदेवी कम्प्लेक्स अर्थात् छायाँ सेन्टरलाई केही व्यक्तिहरूले  विवादमा पार्ने प्रयास भएको छ । हुन त काठमाण्डांैमा निर्माण हुने ठूला निजी लगानीका व्यवसायिक भवन, मल, सपिङ, कम्प्लेक्सलगायतका भौतिक संरचनाहरूमा विवाद झिकेर पैसा असुल्नेहरूको सक्रियता सबैलाई थाहा भएकै विषय हो । यस्ता माफिया गिरोहहरू मध्ये कसैले लगानीकर्ताहरूलाई सीधै निशुल्क हिस्सेदारी माग्ने, कसैले कोठा र सटर माग्ने त कसैले नगद रकम नै माग्ने गरेका खबरहरू बाहिर आउने गरेका छन ।

Pin It

 

 

Chhaya Center is a legal establishment recognised by the law of Nepal Government. Despite this fact, some attempts have been made by some vested groups to question its legality. If you want to know the truth, here is the real story behind Chhaya Center.

Pin It

२o७५ फागुन ७ मंगलबार| प्रकाशित १६:१o:oo

काठमाडाै‌ं - कमल पोखरी मिचेर ठमेलमा छायाँदेवी कम्प्लेक्स निर्माण गरेकाे भन्ने आराेप आधारहीन र मिथ्या भएकाे दाबी  कम्प्लेक्स सञ्चालकहरुले गरेका छन।गुठीको जग्गा मिचेर छाँयादेवी कम्प्लेक्सनिर्माण भएको भन्दै स्थानीयहरुले विरोध गर्दै आएको बेला व्यवस्थापनले पत्रकार सम्मेलन गरेर आफ्नाे बचाउ गरेका हुन्।

Previous Next

Pin It

Ms. Nepal Curvy 2019 organized by Fariya was held on 29th August at Chhaya Center Thamel. The beauty pageant with the theme “Beauty and Beyond” was the first of its kind to be organized in Nepal. The program which was dedicated to plus size women was organized with a message to love and accept oneself.  Sonal Sharma, Anuradha Dhungana, Sewika Bomjan Shahi, Mala Kumari Sunar and Rakshya Pradhan were crowned Ms. Nepal Universe, Ms. Nepal World, Ms. Nepal Earth, Ms. Nepal International and Ms. Nepal Supernational respectively beating 30 other contestants.

Pin It

19th February 2019, 06:39 pm | ७ फागुन २०७५

काठमाडौं : पाँचौ पटकको किनबेचपछि जमीन आफूहरुको स्वामित्व आएको भन्दै छायाँदेवी कम्प्लेक्स प्रालिले छायाँ सेन्टर निर्माण गर्दा पुरातात्विक क्षेत्रमा अतिक्रमण नगरेको दावी गरेको छ।

पाँच अर्ब रुपैयाँ लगानीमा तीन महिना अघिदेखि यो कम्प्लेक्स आंशिक रुपमा संचालनमा आएको हो। कम्प्लेक्स निर्माण सकिएर संचालनमा आएपछि गुठीको जग्गा मिचेको भन्दै विवाद सुरु भएको थियो। कम्प्लेक्समा बैंकर पृथ्वीबहादुर पाँडे,  महेश्वर श्रेष्ठ र सुमन पाँडे लगायत समूहको लगानी छ। निर्माण पूरा भएर काठमाडौं महानगरपालिकाले भवन निर्माण सम्पन्नको प्रमाणपत्र दिइसकेपछि विवादमा ल्याइएको कम्पनीको दावी छ।

'जब ०७५ कात्तिक आठ गते काठमाडौं महानगरपालिकाले छायाँदेवी कम्प्लेक्सलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र दियो त्यसपछि अरु प्रोजेक्टमा जस्तै दुःख दिने गिरोह सल्बलाउन थाले,' जग्गा खरीद गरेर कम्प्लेक्स निर्माण अध्ययनका लागि एक वर्ष समय खर्चेका छौं,’ कम्पनीका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, 'होइन भने स्वार्थमा बस्नेहरु छायाँ सेन्टर सञ्चालनमा आउनु पहिला कहाँ निदाएका थिए?'

मल्टिप्लेक्ससहित रेस्टुराँहरु र पसलहरु संचालनमा आइसकेको कम्प्लेक्समा पाँचतारे होटल निर्माण अन्तिम चरणमा छ। यो समूहले जग्गा किन्नुपूर्व चार पटक जग्गाको स्वामित्व हस्तान्तरण भइसकेको थियो। कम्प्लेक्स निर्माण गर्नुभन्दा दुई वर्ष अघिनै वातावरणीय प्रभाव मूल्याङ्कन र सार्वजनिक सुनुवाई हुँदा कुनै विवाद नआएको श्रेष्ठको दावी छ।

उनका अनुसार छिमेकी तथा स्थानीयसँग सम्झौता गरेर निर्माणको थालनी गरिएको थियो।‘जतिखेर निर्माण थालिएको थियो, त्यतिखेर यहाँ कुनै पुरातत्वसँग जोडिएको संरचना थिएन। भवनको पश्चिममा रहेको ठूलो छायाँदेवीकै परिसरभित्र रहेको ठूलो पिपलको रुखलाई भने यो संरचना तयार गर्दा जोगाइएको थियो,’ उनले भने।

कम्प्लेक्स निर्माण सुरुभएपछि चन्दा माग्ने समूहले दु:ख दिएको श्रेष्ठले बताए। 'कानुनअनुसार निर्माण सम्पन्न भइसकेको र राज्यलाई करोडौं रुपैयाँ राजस्व तिरेर हामीले जग्गा किनेका हौँ,' उनले प्रश्न गर्दै भने, 'हामी प्रश्न गर्छौँ कि हाम्रो गल्ती कहाँ भयो?'पाँच तारे होटल अलफ्ट पनि रहेको कम्पलेक्समा तीन वटा मल्टिप्लेक्स थियटर, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्याङकेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लबका साथै बैंकका शाखा, कर्पोरेट कम्पनीका कार्यालय छन्।

१५ रोपनी क्षेत्रफलमा फैलिएको कम्प्लेक्समा तीन सय भन्दा बढी गाडी पार्किङ गर्न सकिने छायाँ सेन्टरले जनाएको छ।

Previous Next

Pin It

The India-Nepal Folk Crafts Festival 2019 was held from March 30 to April 03 at Chhaya Center, Thamel. This five days’ event was aimed at promoting crafts based bilateral relations to uplift cultural exchange between India and Nepal. The exhibition, which was organized by South Asia Foundation (SAF) and South Asia Foundation-Nepal (SAF-Nepal) in collaboration with Ministry of Textiles, Government of India and Office of Development Commissioner (Handicrafts), Government of India; was supported by Council of Handicrafts Development Corporations, India, Embassy of India - Kathmandu, Embassy of Nepal - New Delhi, B P Koirala India-Nepal Foundation, Honda and Nepal SBI Bank Limited.

Page 4 of 6